कामना सेवा र क्वेस्ट लकलेजबीच दक्ष जनशत्ति निर्माण गर्ने सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2020 | 05:41:21 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवाविकास बैंक Kamana Sewa Bikas Bank Limited  र ग्वार्को स्थित क्वेस्ट इन्टरनेशनल कलेजबीच बैकलाई आवश्यक पर्ने दक्ष जनशक्ति निर्माणको लागि सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र कलेको तर्फबाट प्रिन्सिपल उदय राजपौडेले हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा बैंकले आफ्ना कर्मचारीको व्यवस्थापन तथा कार्य क्षमता, दक्षता र उत्प्रेरण अभिवृद्धि गर्दै व्यावसायिक तथा व्यक्तिगत लक्ष्य प्राप्ति गर्ने अवसर प्रदान गर्ने क्रममा कलेजले अध्यापन, अनुसन्धान तथा तालिममार्फत उक्त लक्ष्यमा योगदान पुराउने उल्ले छ । त्यस्तै, बैंकले कलेजका विद्यार्थीलाई इन्टरशिपको व्यवस्थागर्ने यस समझदारी पत्रको प्रमुख उद्देश्य रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए । उक्त सम्झौताा मार्फत बैंकका कर्मचारीले कलेजको कुनै पनि डिग्री कार्यक्रम तथा तालिममा सहभागी हुंदा सुविधा तथा अध्ययन शुल्कमा छुट दिने व्यवस्था गरिएको कलेजका प्रिन्सिपल उदय राजपौडेलले बताए ।  

उक्त समझदारीलाई मानव संसाधन विकासमा शैक्षिक क्षेत्र र उद्योग, व्यवसाय तथा वित्तीय क्षेत्रबीच देखिएको खाडल क्रमशःपुर्दै जाने अभियानको शुरुवाती कदमको रुपमा लिइएको बैंकले जनाएको छ । 

बैंकले १२४ वटा शाखा तथा केन्द्रीयकार्यालय मार्फत नौ सय बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved