गरिमा विकास बैंकले थप्यो एकै दिन आधा दर्जन शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2020 | 05:32:50 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक Garima Bikas Bank Limited  ले एकै साथ ६ वाटा शाखा सञ्चालनमा ल्याएको छ । काठमाण्डौ उपत्यका सहित देशका विभिन्न स्थानमा एकैदिन ६ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । 

बैंकले उपत्यकाबाहिर नवलपुरको गैडाकोट, रुपन्देहीको कोटिहवा, रौतहटको चन्द्रपुर, धनुषाको जनकपुर र उपत्यकाभित्र काठमाण्डौको ढुङगेधारा तथा ललितपुरको इमाडोल गरी एकै दिन ६ वटा शाखासंचालनमा ल्याएको हो ।

बैंकले काठमाण्डौं उपत्यकाभित्र १३ वटा शाखा सहित देशभर ९७ शाखा, ५१ एटीएम र गरिमा रेमिटमार्फत सेवा दिदै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved