सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम पिन मोबाइलमै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2020 | 06:25:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited  ले ग्रिन पिन सेवा संञ्चालनमा ल्याएको छ । यस सेवा अन्तर्गत ग्राहकले मोबाईलमा नै डेबिड काडको पिन प्राप्त गर्नेछन् । 

उक्त सेवा अन्तर्गत ग्राहकले बैंकबाट डेबिट कार्ड लिदा पिनको जानकारी आफ्नो मोबाईलमा पाउन सक्ने बैंकले जनाएको छ । यसबाट कागजबाट लिईने पिन लिन ग्राहक बैंकमा पुगि रहनु पर्ने छैन् । आफ्नो नयाँ कार्ड कुनै पनि सांग्रिला डेभलपमेन्ट बैंकको एटीएममा हाल्ने बित्तिकै बैंकमा दर्ता गरेको मोबाईल नम्बरमा एसएमएस मार्फत ग्रीन पिन प्राप्त हुनेछ ।

सम्बन्धित ब्यक्तिको मोबाईल नम्बरमै पिन जाने हुँदा यो सेवा पहिले भन्दा अझै सुरक्षित हुने बैंकले विश्वास लिएको छ । बैंकको विभिन्न शाखाहरुबाट यो सेवा उपयोग गर्न सकिने छ  । बैंकले मुलुकभर ९१ शाखा, ३० एटिएम मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved