कामना सेवाले अजिरा विल्डर्सएण्डबाट सिफारिस भएका ग्राहकलाई कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2020 | 03:01:28 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकले विल्डर्स एण्ड कन्ट्रयाक्टर्सबाट सिफारिस भइ आएका ग्राहकलाई कर्जा प्रदान गर्ने भएको छ । बैंक र कम्पनीबीच भएको सम्झौतामा बैंकले यसरी सिफरिस भइ आएका ग्राहकलाई सरल तरिकाबाट कर्जा उपलब्ध गराउने उल्लेख छ ।

सम्झौतामा बंैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र कम्पनीका प्रबन्ध निर्देशक अनुप ढुङ्गानाले हस्ताक्षर गरेका हुन् ।

नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरुको पालना गरी कम्पनीबाट सिफारिस भइ आएका ग्राहकहरुलाई बैंकले सरल तरिकाबाट कर्जा दिनेछ । बैंकको सबै शाखाबाट कर्जा यस्तो कर्जा प्रवाह प्रदान गर्ने जनाइएको छ । 

बैंकले १२४ वटा शाखा तथा ६६ वटा एटीएम मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved