गरिमाले सहारालाई प्राप्ति गर्ने, अब तराईमा पनि गरिमाको बलियो उपस्थिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2020 | 07:59:19 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा बिकास बैंक Garima Bikas Bank Limited  ले सहारा विकास बैंकलाई प्राप्ति गर्ने भएको छ। यससम्बन्धि सम्झौतापत्रमा दुवै बैंकबीच आज सम्झौतापत्रमा हस्ताक्षर समेत भएको छ। सर्लाहीको मलग्वामा केन्द्रिय कार्यलय रहेको सहारालाई प्राप्ति गरेसँगै तराईमा पनि काठमाडौंमा केन्द्रिय कार्यलय रहेको गरिमाको उपस्थिति बलियो बनेको छ। 

हाल गरिमा विकास बैंकको अधिकृत पुँजी ५ अर्व र जारी तथा चूक्ता पुँजी ३ अर्व  २३ करोड ८६ लाख ८९ हजार ४ सय २८ रुपैयाँ २६ पैसा रहेको छ भने सहारा विकास बैंकको अधिकृत पुँजी ५० करोड र जारी तथा चूक्ता पुँजी २५ करोड ५४ लाख ८१ हजार ८ सय रुपैयाँ रहेको छ । देशका सातै प्रदेशमा १०२ शाखा कार्यालयहरु मार्फत र सहारा विकास बैंक लिमिटेडले प्रदेश नम्बर २ को सर्लाही जिल्लामा ४ शाखा कार्यालय र १ एक्स्टेन्सन काउन्टर मार्फत सेवा प्रवाह गरिरहेका छन् । प्राप्ति सम्बन्धि कार्य २०७८ वैशाख १ गतेभित्र सम्पन्न गर्ने समेत सहमति भएको छ । 

गरिमाले सहारा प्राप्ति हुँदा गरिमा थप शसक्त विकास बैंकको रुपमा स्थापित भई मूलूकको बैकिङ परिदृश्यमा प्रभावकारी वित्तीय सेवा प्रदायक विकास बैंकको रुपमा आफ्नो उपस्थिति हिमाल, पहाड र तराइमा ब्यापक हुने समेत विश्वास लिएका छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved