हुन्डाइको गाडी खरिद गर्न सांग्रिला डेभलपमेन्टले कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2020 | 05:20:23 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited  ले हुन्डाइको गाडी खरिद गर्दा कर्जा दिने भएको छ । बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच सोमबार हुन्डाइको गाडी खरिद गर्दा कर्जा दिने सम्बन्धमा सम्झौता भएको हो ।

सम्झौतामा बैंकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र कम्पनीका कार्यकारी निर्देशक निराकर श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार हुन्डाईको कुनैपनि गाडी किन्दा बैंकले ५० प्रतिशतसम्म कर्जा दिनेछ । बैंकले ९.५ प्रतिशत व्याजदरमा यस्तो कर्जा दिने भएको हो । बैंकको सबै शाखाबाट यस्तो कर्जा प्रप्त गर्न सकिने छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल नेपालकालागि हुन्डाइको एकमात्र आधिकारिक विक्रेता हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved