स्वराज माज्दाको गाडी किन्दा सांग्रिला डेभलपमेन्टले कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 07, 2020 | 05:22:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited  ले स्वराज माज्दा(एसएमएल)को गाडी खरिद गर्दा ग्राहकले कर्जा पाउने भएका छन् । बैंकल र लक्ष्मी कमर्सियल भेहिकल्सबीच भएको कर्जा उपलब्ध गराउने सम्झौता अनुसार ग्राहकले यस्तो सुविधा पाउने भएका हुन् ।

बैंक र कम्पनीबीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता बुधबार भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र कम्पनीका तर्फबाट कार्यकारी निर्देशक निराकर श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

सम्झौता अनुसार बैंकका ग्राहकले एसएमएल ब्राण्डको कमर्सियल गाडीको आधिकारीक बिक्रेता लक्ष्मी कमर्सियल भेहिकल्सबाट नयाँ गाडी खरिद गर्न बैंकले कर्जा उपलब्ध गराउने छ । कर्जाको ब्याजदर १२.५ प्रतिशत रहने सम्झौतामा उल्लेख छ । बैंकले गाडीको मूल्यको अधिकतम ७५ प्रतिशतसम्म कर्जा सुविधा प्रवाह गर्न लागेको हो । बैंकको सबै शाखाबाट यस्तो कर्जा पाउन सकिन्छ । 

बैंकले हाल ९१ वटा शाखाहरुबाट सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved