महालक्ष्मीका ग्राहकलाई एसआरएल डायगनोस्टिकमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2020 | 05:04:06 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited  का ग्राहकले एसआरएल डायगनोस्टिक नेपालमा छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच आइतबार भएको सम्झौता अनुसार ग्राहकले छुट पाउने भएका हुन् । 

सम्झौतामा बैंकका महाराजगंज शाखाका प्रमुख पल्लभ श्रेष्ठ र कम्पनीका नायब बजार प्रमुख अजय यादवले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकले तथा कर्मचारीहरुले डायगनोस्टिकमा उपचार गराउँदा प्रयोगशाला परिक्षणमा छुट प्राप्त गर्न सक्ने छन् । प्रयोगशालाका सम्पूर्ण परिक्षणमा १५ प्रतिशत छुट पाउने जनाइएको छ । 

बैंकले १०३ वटा शाखाहरुबाट सेवा प्रदानगर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved