मुक्तिनाथ विकास बैंकले उद्यमीलाई ४० लाखसम्म कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2020 | 05:01:04 PM मा प्रकाशित

laxmi  sunrise bank

जर्मन सरकारको सहयोगमा ग्रामिण र अर्धग्रामिण क्षेत्रमा दिगो आर्थिक विकास परियोजना (सेड्रा २) लागि मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited, नेपाल राष्ट्र बैंक र केएफडब्लु डेभलपमेन्ट बैंकबीच त्रिपक्षीय सम्झौता भएको छ । सम्झौता पत्रमा  मुक्तिनाथका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र नेपाल राष्ट्र बैंकका तर्फबाट लघुवित्त संस्था सुपरिवेक्षण विभाग प्रमुख डा। प्रकाश कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

परियोजना नेपाल सरकार, अर्थ मन्त्रालय र जर्मन सरकारको समन्वय एवं जर्मन वित्तीय विकास निगमको सहयोगमा कार्यन्वयन हुन लागेको हो। जसमा नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंक मार्फत विकास बैंकमध्येबाट मुक्तिनाथ विकास बैंक र जर्मन सरकारको तर्फबाट केएफडब्लु डेभलपमेन्ट बैंकद्धारा कार्यान्वयन गर्ने गरी नेपालको ग्रामीण तथा अर्धशहरी क्षेत्रको दिगो आर्थिक विकासका लागि लघु तथा साना व्यवसायीहरुलाई प्रत्यक्ष कर्जा सुविधा र तालिम, परामर्श लगायत आवश्यक प्राविधिक सेवाहरु प्रदान गर्नेछ । 

परियोजना अन्तर्गत जर्मन आर्थिक सहयोग कार्यान्वयन गर्दै बैंकले १० वर्ष अवधिको लागि लघु, साना तथा मझौला उद्यम वित्तीयका लागि दुई लाख देखि ४० लाख सम्मको कर्जा प्रदान गर्ने छ । साथै बैंकले लघु, साना तथा मझौला उद्यमीहरुलाई सिपमुलक तालिम, परामर्श एवं अन्य प्राविधिक सहयोग  प्रदान गर्ने छ।

यस योजनाले ग्रामीण तथा अर्धशहरी क्षेत्रका लघु, साना तथा मझौला उद्यमीहरुलाई उद्यमशिलता विकासको लागि आवधिक कर्जाका साथै सिपमुलक तालिम प्रदान गर्ने बैंकको मुख्य उद्देश्य रहेको छ ।

बैंकले ४२ जिल्लामा १३८ शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved