निजगढ विमानस्थल निर्माण प्रक्रिया तुरुन्त सुरु गर्न संसदीय समितिको निर्देशन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 02, 2018 | 09:13:29 AM मा प्रकाशित

laxmi  sunrise bank

संसदीय समितिले राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थल निर्माण प्रक्रिया तुरुन्त सुरु गर्न निर्देशन दिएको छ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमबारको बैठकले निर्माण प्रक्रिया तुरुन्तै अगाडि बढाउन निर्देशन दिएको हो । 

बैठकमा सांसद खिमलाल भट्टराईले आयोजनाहरू समयमै पूरा गर्नुपर्ने बताउँदै निजगढ विमानस्थललाई विवादित बनाउन नहुने धारणा व्यक्त गरेका थिए । परियोजना अन्तै सार्नुपर्ने तर्क गरेर प्रक्रिया झन् लम्ब्याउने खेल भइरहको तर्फ सचेत हुनुपर्ने उनको भनाइ थियो ।

सांसद रमेशप्रसाद यादवले बाराको धेरै क्षेत्रफल जंगल तस्करहरूले मासिरहेको, विगतमा सरकारबाटै नियोजित रूपमा जंगल फँडानी भएकाले अब सकेसम्म कम क्षतिमा विमानस्थल बनाउन अध्ययन गर्नुपर्ने बताए । सांसद रामप्रित पासवानले जुनसुकै हालतमा विमानस्थल बनाउनुपर्ने र त्यसका लागि धेरै विकल्पमा अध्ययन गर्न सकिने सुझाब दिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved