महिला सहयात्रा माइक्रो फाइनान्सले नगद लाभांश मात्र वितरण गर्ने भएको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले गत बर्षको संचित मुनाफाबाट लगानीकर्तालाई ८ प्रतिशत (कर सहित) नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । हाल कम्पनीको चुक्ता पुंजी १२ करोड १० लाख रुपैयाँ रहेको छ ।