सिद्दार्थ बैंकको लाभांश घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 23, 2018 | 01:23:51 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्दार्थ बैंकले गत आर्थिक बर्षको कमाईबाट लाभांश प्रस्ताब गरेको छ। बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट ५ प्रतिशत बोनस शेयर र ८.१६ प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १३.१६ प्रतिशत लाभांश प्रस्ताब गरेको हो। बैंकले चुक्ता पुँजीको ५ प्रतिशतले हुन् आउने ४२ करोड ३२ लाख १९  हजार २ सय ६४ रुपैयाँ बराबरको बोनस शेयर र ८.१६ प्रतिशतले हुन् आउने ६९ करोड ६ लाख ९३ हजार ८ सय ३८ रुपैयाँको नगद लाभांश प्रस्ताव गरेको हो । 

उक्त प्रस्ताब नेपाल राष्ट बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी बार्षिक साधारणसभाबाट पारित भएपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। लाभांशका लागि बैंकले बुक क्लोजका लागि पछि अलगै सूचना जारि गर्नेछ। बुक क्लोजको मितिसम्म कायम सेयरधनीहरुले मात्र बैंकको लाभांश पाउनेछन।बिजपाटी डटकमले सिद्दार्थ बैंकले  १०.७९  प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रक्षेपण गरेको थियो।  

हाल बैंकको चुक्ता पुंजी ८ अर्ब ४६ करोड ४३ लाख ८५ हजार रहेको छ ।  

यसअघि माछापुच्छ्रे , एनएमबी, सानिमा, एभरेष्ट, स्टाण्डर्ड चार्टर्ड, र एनआईसी एशिया बैंकले शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेका छन।  अब  सिद्दार्थ र नेपाल एसबिआई बैंकले सम्भवत छिट्टै लाभांश घोषणा गर्नेछन।     

२८ बाणिज्य बैंक मध्ये नबिलले धेरै लाभांश दिने, कसले कति लाभांश दिंदैछ ? (बिशेष रिपोर्ट)


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved