डिप्रोक्स लघुवित्तको लाभांश घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 29, 2018 | 11:29:44 AM मा प्रकाशित

laxmi  sunrise bank

डिप्रोक्स लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई गत बर्षको मुनाफाबाट १० प्रतिशत बोनस र १० प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले चुक्ता पुंजीको १० प्रतिशतले हुन् आउने ७ करोड ३ लाख १० हजार ४० रुपैयाँ १८ पैसा बराबरको बोनस र त्यति नै बराबरको नगद लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले पारित गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी ७० करोड ३१ लाख ४ सय १ रुपैयाँ रहेकोमा प्रस्तावित बोनसपछि कम्पनीको चुक्ता पुंजी ७७ करोड ३४ लाख पुग्ने छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved