कुमारी बैंकको लाभांशले झुक्किए लगानीकर्ता, के भन्छ बैंक ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 03, 2018 | 12:30:07 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंकले सेयरधनीहरुलाई दिने लाभांश घोषणा गरेको छ। बैंकको आइतबार सम्पन्न संचालक समितिको बैठकले आर्थिक बर्ष ७३/७४ को मुनाफा समेतको रकमबाट १२.७५ प्रतिशत बोनस शेयर दिने प्रस्ताब गरेको हो। बैंकले १२.७५ प्रतिशतले हुन् आउने ९१ करोड ३२ लाख ८९ हजार ५ सय ७३ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । 

उक्त प्रस्ताब नेपाल राष्ट बैंकले स्वीकृति गरेपछि र बैंकको आगामी बार्षिक साधारणसभाबाट पारित भएपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। लाभांशका लागि बैंकले बुक क्लोजका लागि पछि अलगै सूचना जारि गर्नेछ। बुक क्लोजको मितिसम्म कायम सेयरधनीहरुले मात्र बैंकको लाभांश पाउनेछन। 

यो लाभांशले केहि लगानीकर्ता झुक्किएका छन् । केहि संचारमाध्यमहरुले पनि अन्य बैंकहरुले नगद लाभांश दिएको बेला कुमारीले बोनस दिने भन्ने आशयको समाचार समेत प्रकाशन गरेका छन् । तर कुमारी बैंकले अहिले घोषणा गरेको बोनस शेयर गत आर्थिक बर्षको नभई त्यस भन्दा अगाडीको अर्थात आर्थिक बर्ष (७३/७४) हो । बैंकले अझै ७३/७४ को साधारणसभा गर्न बाँकि छ ।  

अहिले अधिकांश बैंकहरुले नगद लाभांश घोषणा गरेका छन् ।  यो उनीहरुले आर्थिक ७४/७५ को कमाईबाट घोषणा गरेका हुन् । कुमारीले ७४/७५ को मुनाफाबाट लाभांश घोषणा गर्नै बाँकि छ ।  बैंकका कम्पनी सचिव नरेन्द्र प्रसाद छत्कुलीका अनुसार अहिले घोषणा गरिएको बोनसको लागि बुक क्लोज भएपछि ७४/७५ को लाभांश घोषणा हुने छ । 

 हाल बैंकको चुक्ता पुंजी ७ अर्ब १६  करोड ३० लाख रहेको । प्रस्तावित बोनसपछि बैंकको चुक्ता पुंजी ८ अर्ब नाघ्ने छ । बिजपाटी डटकमले कुमारी बैंकले ७४/७५ को मुनाफाबाट १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रक्षेपण गरेको छ । 


यो पनि : २८ बाणिज्य बैंक मध्ये नबिलले धेरै लाभांश दिने, कसले कति लाभांश दिंदैछ ? (बिशेष रिपोर्ट)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved