नबिल बैंकले गर्यो बम्पर लाभांश घोषणा, बोनस कति ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 04, 2018 | 10:53:23 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीहरुलाई दिने लाभांश घोषणा गरेको छ। बैंकको सोमबार सम्पन्न ५०२ औं संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट ३४ प्रतिशत लाभांश दिने प्रस्ताब गरेको हो। बैंकले १२ प्रतिशत बोनस शेयर २२ प्रतिशत नगद लाभांश गरी कुल ३४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। 

उक्त प्रस्ताब नेपाल राष्ट बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी बार्षिक साधारणसभाबाट पारित भएपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। लाभांशका लागि बैंकले बुक क्लोजका लागि पछि अलगै सूचना जारि गर्नेछ। बुक क्लोजको मितिसम्म कायम सेयरधनीहरुले मात्र बैंकको लाभांश पाउनेछन। 



 अन्य बाणिज्य बैंकले नगद लाभांशमा जोड दिएको बेला नबिलले बोनस पनि वितरण गर्ने भएको हो ।   बिजपाटी डटकमले नबिल बैंकले १० प्रतिशत बोनस र ३२ प्रतिशत नगद लाभांश घोषणा गर्ने प्रक्षेपण गरेको थियो ।    यस अघि नेपाल बंगलादेश बैंक, सनराइज , एनएमबी, सानिमा, एभरेष्ट, स्टाण्डर्ड चार्टर्ड, र एनआईसी एशिया, सिद्दार्थ बैंकले शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेका छन।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved