बुटवल पावरले २८ प्रतिशत लाभांस वितरण गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 09, 2018 | 11:00:20 AM मा प्रकाशित

laxmi  sunrise bank

बुटवल पावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार सम्पन्न संचालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफा बाट १० प्रतिशत बोनस शेयर तथा १८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

 उक्त प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । कम्पनीले पुस २७ गतेको लागि साधारणसभा आह्वान गरेको छ । साधारणसभा प्रयोजनको लागि कम्पनीले पुस ६ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

पुस ५ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र बोनस पाउन सक्ने छन् ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब २१ करोड रुपैयाँ  छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved