नेपाल इन्भेष्टमेण्ट बैंकले ४० प्रतिशत लाभांश दिने, बोनस कति ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 09, 2018 | 09:00:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेण्ट बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बेलुका बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई गत आर्थिक बर्षको मुनाफाबाट ४० प्रतिशत लाभांश  दिने गर्ने प्रस्ताव गरेको हो । कम्पनीले  १८ प्रतिशत बोनस र कर प्रयोजनको लागि २२ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ  । हाल बैंकको चुक्ता पुंजी १० अर्ब ६४ करोड रहेकोमा प्रस्तावित बोनस बितरण प्रश्चात बैंकको चुक्ता पूँजी १२ अर्ब ५६ करोड पुग्नेछ ।

  बिजपाटी डटकमले नेपाल इन्भेस्टमेन्ट बैंकले ४० प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण गरेको थियो ।    यस अघि ग्लोबल आईएमई बैंक, नबिल बैंक, नेपाल बंगलादेश बैंक, सनराइज , एनएमबी, सानिमा, एभरेष्ट, स्टाण्डर्ड चार्टर्ड, र एनआईसी एशिया, सिद्दार्थ बैंकले शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेका छन।  

यो पनि : 

२८ बाणिज्य बैंक मध्ये नबिलले धेरै लाभांश दिने, कसले कति लाभांश दिंदैछ ? (बिशेष रिपोर्ट)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved