नेपाल टेलिकमले ५५ प्रतिशत नगद लाभांश दिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 18, 2018 | 11:26:08 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकम Nepal Doorsanchar Company Limited ले गत आर्थिक बर्षबाट दिने लाभांश घोषणा गरेको छ। कम्पनीको पुष २ मा बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट ५५ प्रतिशत नगद लाभांश दिने प्रस्ताब गरेको जनाइएको छ। 

उक्त प्रस्ताब नेपाल सरकारबाट स्वीकृत भई आगामी एघारौँ बार्षिक साधारणसभाबाट पारित भएपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। कम्पनीले साधारणसभा प्रयोजनका लागि पछि छुट्टै सूचना सार्वजनिक गर्नेछ। बुक क्लोजको मितिसम्म कायम सेयरधनिहरुले मात्र टेलिकमको लाभांश प्राप्त गर्नेछन। 

यस अवधिमा टेलिकमको चुक्तापुंजी १५ अर्ब रहेको छ। टेलिकमले चालू आर्थिक बर्षको पहिलो त्रैमासमा ४ अर्ब ४९ करोड खुद मुनाफा आर्जन गरेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved