गुडविल फाइनान्स Goodwill Finance Company Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ११ गते बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई गत बर्षको मुनाफाबाट ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले ५.२६३ प्रतिशतले हुन् आउने ४ करोड २१ लाख ५ हजार २ सय ६३ रुपैयाँ १६ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरको हो ।
कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगमी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ।
।