भार्गव विकास बैंक Bhargav Bikash Bank Limited ले लाभांश घोषणा गरेको छ । बैंकको पुस २० गते बेलुका ६ बजे बसेको संचालक समितिको बैठकले ६ प्रतिशत नगद लाभासं वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैठकले लगानीकर्तालाई गत आर्थिक बर्षको मुनाफाबाट ६ प्रतिशतको दरले कायम हुन् आउने ३ करोड ९६ हजार बराबरको नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।
हाल कम्पनीको चुक्ता पुंजी ५० करोड १६ लाख रहेको छ ।