एनएमबि बैंक लिमिटेड NMB Bank Limited को तीस प्रतिशत लाभांश प्रस्ताब पारित भएको छ। बैंकको बिहिबार सम्पन्न २३ औं बार्षिक साधारणसभाले संचालक समितिले प्रस्ताब गरेको १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश गरि (कर प्रयोजनका लागि समेत) ३० प्रतिशत लाभांश पारित गरेको हो।
लाभांश पारित भएसंगै बैंकको चुक्ता पुंजी ९ अर्ब ६१ करोड ८१ लाख पुगेको छ। हाल बैंकले आफ्ना ११० वटा शाखा ४ एक्स्टेन्सन काउन्टर तथा ९७ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।