प्राइम बैंकसँग विलय हुन लागेको ओम डेभलपमेन्ट बैंकको लाभांश घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 13, 2019 | 11:54:36 AM मा प्रकाशित

laxmi  sunrise bank

ओम डेभलपमेन्ट बैंक Om Development Bank Limited ले लाभांश घोषणा गरेको छ ।  कम्पनीको पुस २७ गते बसेको संचालक समितिको बैठकले गत बर्षको मुनाफाबाट लगानीकर्तालाई १२.७० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।  

हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब ५१ करोड रहेकोमा प्रस्तावित बोनसपछि कम्पनीको चुक्ता पुंजी २ अर्ब ८३ करोड पुग्ने छ ।  

ओम डेभलपमेन्ट प्राइम कमर्शियल बैंकसंग बिलय हुने प्रक्रियामा रहेको छ ।  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved