जनउत्थान सामुदायिक लघुवित्तको लाभांश घोषणा, कति दिने भयो बोनस ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2019 | 11:48:40 AM मा प्रकाशित

laxmi  sunrise bank

जनउत्थान सामुदायिक लघुवित्त Janautthan Samudayic Laghubitta Bikas Bank Limited ले लाभांश घोषणा गरेको छ ।  कम्पनीको माघ १४ गते सोमबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई गत बर्षको मुनाफाबाट २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीले हाल कायम चुक्ता पुंजी २ करोड ८८ लाख बराबरको २० प्रतिशतले हुन् आउने ५७ लाख ६० हजार बराबरको बराबरको बोनस वितरण गर्ने प्रस्ताव गरेको हो ।  

तर कम्पनीले हकप्रद निष्काशनको पनि तयारी गरेकोले यो बोनस प्रतिशत डर १० प्रतिशतमा झर्ने कम्पनीले स्पष्ट पारेको छ ।  कम्पनीले शत प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।  हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ५ करोड ७६ लाख पुग्ने छ ।  त्यसको १० प्रतिशत बोनस बितरण हुने लघुवित्तले जनाएको छ । साथै बोनसमा लाग्ने कर प्रयोजनको लागि ३ लाख ३ हजार १५७ रुपियाँ नगद लाभांश प्रस्ताव गरेको छ ।  

कम्पनीले गत साधारणसभा बाट नै हकप्रद पारित गरेपनि हाल सम्म बोर्डमा अनुमतिको लागि आवेदन दिएको छैन ।  




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved