कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले लाभांश घोषणा गरेको छ । बैंकको चैत्र २४ गते बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष ७४/७५ को मुनाफाबाट १.५० प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले १.५० प्रतिशतले कायम हुन् आउने ३ करोड ७५ लाख ३९ हजार ८ सय ३२ रुपियाँ बराबरको बोनस शेयर र ८ प्रतिशतले हुन् आउने २० करोड २ लाख १२ हजार ४ सय ४१ रुपियाँ बराबरको नगद लाभांश गरि कुल ९.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।
हाल बैंकको चुक्ता पुंजी २ अर्ब ५० करोड २६ लाख ५५ हजार ५ सय १९ रुपियाँ रहेको छ ।