सूर्या लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, कति दिने भयो बोनस ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2019 | 10:49:03 AM मा प्रकाशित

laxmi  sunrise bank

सूर्या लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको बैशाख २७ गते बसेको संचालक समितिको वैठकले लगानीकर्तालाई आर्थिक बर्ष ७४/७५ को मुनाफाबाट १२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो 

कम्पनीले लगानीकर्तालाई १२ प्रतिशतले हुन् आउने १३ करोड ५८ लाख २८ हजार बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै बैठकले उक्त बोनसमा लाग्ने कर प्रयोजनको लागि ७१ लाख ४८ हजार ८ सय ४२ रुपैयाँ बराबरको नगद लाभांश बितरण गर्ने प्रस्ताव पनि गरेको छ 

उक्त प्रस्ताव बिमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब १३ करोड रहेको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved