बिजपाटी सम्बाददाता     May 29, 2019 | 08:34:26 AM



dace

लाइफ इन्स्योेरेन्स कर्पोरेसन नेपाल (एलआईसी) ले बम्पर लाभांश घोषणा गरेको छ । कम्पनीले लगानीकर्तालाई ७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  ।

कम्पनीको मंगलबार बेलुका बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई ३४.४६२६ प्रतिशत बोनस सेयर र ३५.५३७३ प्रतिशत नगद लाभांश गरी कुल ६९.९९९९ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक बर्ष ७४/७५ को मुनाफाबाट यो लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव बिमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ४९ करोड रहेकोमा प्रस्तावित बोनसपछि कम्पनीको चुक्ता पुंजी २ अर्ब नाघ्ने छ ।  

कम्पनीले २०७३/७४ को मुनाफाबाट प्रस्ताव गरेको लाभांश बिमा समितिले स्वीकृति गरेको थिएन।   त्यस समय कम्पनीले ३६ प्रतिशत बोनस शेयर प्रस्ताव गरेकोमा समितिले स्वीकृत नगरी पुन पेश गर्न निर्देशन दिएको थियो ।  दोस्रो पटक कम्पनीले १२ प्रतिशत मात्र बोनस प्रस्ताव गरेको थियो ।  


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7