मिर्मिरे लघुवित्तको बम्पर लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2019 | 09:11:01 AM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्त Mirmire Laghubitta Bittiya Sanstha Limited  ले लाभांश घोषणा गरेको छ । कम्पनीको शनिवार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट लगानीकर्तालाई वितरण गर्ने मुनाफा प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले लगानीकर्तालाई ४५ प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनको लागि २.३६८४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । कम्पनीले ४५ प्रतिशतले हुन आउने ५ करोड ७९ लाख ५३ हजार ८ सय ८० रुपैयाँको बोनस शेयर र कर प्रयोजनको लागि ३० लाख ५० हजार २ सय ४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी १२ करोड ८७ लाख रहेको छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved