मेगा बैंक पनि लाभांश घोषणाको तयारिमा, कति दिंदै छ बोनस सेयर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2019 | 03:14:25 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकहरुले गत आर्थिक बर्षको वित्तीय विवरण प्रकाशित गरेसंगै उनीहरुले कति लाभांश देलान भन्ने चर्चा सुरु भएको छ। त्यसमा पनि बैंकहरुले लाभांशमा बोनस वा नगद मध्ये कुनलाई जोड गर्छन भन्ने सेयरका लगानीकर्ताको चाँसो देखिएको छ। 

सेयरधनीहरुप्रति जिम्मेवार देखिन बैकहरुले सकेसम्म समयमै लाभांश घोषणा गरि वितरण गर्ने तयारि थालेका छन। यहि क्रमलाई निरन्तरता दिंदै साताको दोस्रो दिन आज दुई बाणिज्य बैंकले संचालक समितिको बैठक डाकेका छन। 

गत आर्थिक बर्षको लाभांश घोषणा गर्नेमा 'पहिलो' बन्ने तयारीका साथ सिटिजन र मेगा बैंकले आज संचालक समितिको बैठक डाकेका छन। दुवै बैंकले आजको बैठकबाट नै कति लाभांश दिने भन्नेबारे निर्णय गर्न सक्नेछन। 

सिटिजन बैंकले बोनसमा जोड गरेपनि मेगा बैंकले भने लाभांशमा नगदमा नै जोड गर्ने देखिएको छ।  मेगा बैंकले गत आर्थिक वर्षको मुनाफा तथा बैंकको संचित कोषबाट शेयर धनीलाई लाभांश घोषण गर्ने भएको छ। 

गत आर्थिक वर्षमा १ अर्ब ७१ करोड ९२ लाख ६९ हजार मुनाफा कमाएको बैंकले विभिन्न नियामकिय ब्यवस्थापन पछीको वितरणयोग्य मुनाफा भने १ अर्ब ३५ करोड ८० लाख ७६ हजार आर्जन गरेको थियो । बैंकसंग गत आर्थिक मुनाफा र अघिल्लो वर्षको संचित समेत गरेर संचित कोषमा १ अर्ब  ३६ करोड ५४ लाख ४६ हजार भन्दा बढी रकम रहेको छ।  बैंकले उक्त रकम लगानीकर्तालाई वितरण गर्न सक्ने देखिन्छ । गत असार मसान्तमा बैंकको शेयर क्यापीटल १० अर्ब ३८ करोड  ८६ लाख २१ हजार छ । 

बैंकको लाभाशं वितरण गर्दा बैंकको पुँजीकोषको अवस्था पनि हेर्नुपर्ने हुन्छ । नेपाल राष्ट्र बैंकले गत साउन २० गते एक सर्कुलर जारी गर्दै वाणिज्य बैंकहरुलाई काउन्टर साइक्लिकल बफर कार्यन्वयन गर्दै पुँजीकोषलाई थप २ प्रतिशतले बढाउनुपर्ने ब्यवस्था गरिदियो । यसअघिको ब्यवस्था अनुसार बैंकहले न्युनतम पुँजीकोष १० प्रतिशत कायम गर्नुपर्ने र नगद लाभांश वितरणको लागि त्यसमा एक प्रतिशत थप पुँजीकोष कायम गर्नुपर्ने ब्यवस्था रहेको थियो। 

तर राष्ट्र बैंकको नयाँ ब्यवस्था अनुसार भने बैंकहरुले नगद लाभांश वितरणको लागि न्युनतम १३ प्रतिशत पुँजीकोष कायम गर्नुपर्ने हुन्छ ।  नयाँ ब्यवस्थालाई बैंकहरुकले २०७७ असार मसान्त भित्रमा कार्यन्वयनमा ल्याउनुपर्ने राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको अन्त्यमा मेगा बैंकको बैंकको बैंकको पुँजीकोष १५.४८ प्रतिशत रहेको छ ।  यस हिसाबले बैंकसँग नगद र बोनस दुबै विकल्प खुल्ला रहेको देखाउछ। प्रमोटर शेयरहोल्डरले नगद लाभाशं रुचाउने तथा बैंकको चुक्तापुँजी पनि तुलनात्मक रुमा बलियो अवस्थामा रहेकोले बैंकले बोनस भन्दा बढी नगद लाभांशलाई जोड गर्ने देखिन्छ ।

तथ्याङकलाई आधार मान्ने हो भने बैंकले १३.१४ प्रतिशतसम्म लाभांश दिन सक्ने देखिन्छ । बैंकको लाभांश क्षमता १३.१४ प्रतिशत भएकाले बैंकले गत आर्थिक बर्षबाट सेयरधनीलाई १० देखि १२ प्रतिशतसम्म नगद लाभांश दिने बैंक स्रोतले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved