सिटिजन बैंकद्वारा गत आर्थिक बर्षको लाभांश घोषणा, सेयरधनीलाई दशैंअघि नै एक अर्ब बाड्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2019 | 03:21:15 PM मा प्रकाशित

laxmi  sunrise bank

बाणिज्य बैंकहरुमा गत आर्थिक बर्षको लाभांश घोषणा गर्नेमा सिटिजन बैंक Citizens Bank International Limited  पहिलो बनेको छ। बैंकको भदौ ९ गते बसेको संचालक समितिको बैठकले दशैंअघि नै एक अर्ब रुपैयाँ बराबरको नगद बाड्ने गरि गत आर्थिक बर्षको कमाईबाट १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। 

बैंकले १५ प्रतिशत लाभांश मध्ये १२ प्रतिशत नगद तथा ३ प्रतिशत बोनस सेयर दिने नेप्से मार्फत जानकारी दिएको छ। बैकले गत आर्थिक बर्ष १ अर्ब ४८ करोड मुनाफा आर्जन गरेको थियो।     

सिटिजन बैंकको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैकंको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीमा लाभांश वितरण हुनेछ।  लाभांशको लागि बैंकले पछि छुट्टै बुक क्लोज को मिति निर्धारण गर्नेछ। 




  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved