मेगा बैंक Mega Bank Nepal Limited को लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष ७५/७६ सम्मको मुनाफाबाट र वितरणयोग्य अन्य कोषबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको ११.७५ प्रतिशत हुन् आउने नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंकले ११.७५ प्रतिशतले हुन् आउने १ अर्ब २२ करोड ६ लाख ६३ हजार २० रुपैयाँ ८१ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल बैंकको चुक्ता पुँजी १० अर्ब ४८ करोड रहेको छ ।
बैंकले बुधबार मात्र २ अर्ब ७५ करोड पुँजी भएको गण्डकी विकास बैंकलाई गाभ्ने सम्झौता गरेको छ।
यो पनि :
मेगा र गण्डकीबीच प्राप्ति सम्झौता, स्वाप र कर्मचारी समायोजनमा यस्तो सहमति !