शिवम सिमेंट्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2019 | 09:32:12 AM मा प्रकाशित

laxmi  sunrise bank

शिवम सिमेंट्सले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ। सिमेंट्स सिमेन्टको असोज १३ गतेको ६४ औं संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट १५।७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) दिने प्रस्ताव गरेको नेप्से मार्फत जनाइएको छ। 

कम्पनीले ६९ करोड ४७ लाख ३८ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव कम्पनीको कात्तिक ८ गते बस्ने बार्षिक साधारणसभाले पारित गरे पश्चात सेयरधनीमा लाभांश वितरण हुनेछ। 

त्यस्तै कम्पनीले साधारणसभा प्रयोजनार्थ असोज २९ का लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ असोज २८ सम्म कायम सेयरधनीले मात्रै कम्पनीको साधारणसभामा भाग लिन र लाभांस प्राप्त गर्न सक्नेछन।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved