महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनसमा लाग्ने कर बैंकले नै तिर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 10, 2019 | 09:52:45 AM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited ले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ। बैंकको असोज १६ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाई र संचिति रकमबाट १७.८९ प्रतिशत लाभांश दिने प्रस्ताब गरेको नेप्से मार्फत जनाइएको छ। 

प्रस्तावित लाभांशमा ८ प्रतिशत बोनस सेयर र ९.८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) रहेको छ। उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी १८ औं बार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीमा लाभांश वितरण हुनेछ। 

हाल बैंकको चुक्तापुंजी २ अर्ब ८४ करोड ४५ लाख छ। बैंकले २२ करोड ७५ लाख ६० हजार ९८ रुपैयाँ बराबरको बोनस सेयर प्रस्ताब गरेको छ। लाभांश वितरण पश्चात बैंकको चुक्तापुंजी ३ अर्ब ७ करोड पुग्नेछ।   




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved