प्रभु बैंकको लाभांश स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2019 | 10:45:59 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited को लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएको छ । बैंकले प्रस्ताव गरेको लाभांशलाई राष्ट्र बैंकले कार्तिक ८ गते स्वीकृति दिएको छ । 

 बैंकको असोज १७ गते बसेको १६० औं संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.८४२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताब गरेको थियो। बैंकले १ अर्ब ४२ करोड २८ लाख २७ हजार ९५३ रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताब गरेको हो। सोहि लाभांशलाई राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको हो । 

अब साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । हाल बैंकको चुक्तापुंजी ८ अर्ब ८९ करोड २६ लाख छ। १६ प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्तापुंजी १० अर्ब ३१ करोड पुग्नेछ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved