नेपाल इन्भेस्टमेन्ट बैंकको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2019 | 11:02:34 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेस्टमेन्ट बैंक Nepal Investment Bank Limited ले लाभांश घोषणा गरेको छ  ।  बैंकको बुधबार बिहान बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट वितरण गरिने लाभांश घोषणा गरेको हो । 

जस अनुसार बैंकले लगानीकर्तालाई १०.५ प्रतिशत बोनस शेयर र ८.५ प्रतिशत नगद गरी कुल १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । 

हाल बैंकको चुक्ता पुंजी १२ अर्ब ८६ करोड रहेको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved