नेपाल बैंकका शेयरधनीलाई दुई दशकपछि लाभांश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 18, 2019 | 10:47:42 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक लिमिटेड Nepal Bank Limited ले आफ्ना सेयरधनीहरुलाई २२ बर्षपछि लाभांश वितरण गर्ने भएको छ। बैंकको मङ्सिर १ गते बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ०७५/७६ को मुनाफाबाट लाभांश घोषणा गरेको हो ।

बैंकले १५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद (कर समेतलाई ) गरी कुल २५ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुने छ। 

हाल बैंकको चुक्ता पुंजी ९ अर्ब ८१ करोड रहेको छ। बोनस वितरण पश्चात बैंकको चुक्ता पूँजी ११ अर्ब २८ करोड २८ लाख रुपैयाँ पुग्नेछ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved