कैलाश विकास बैंकको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2019 | 06:39:27 PM मा प्रकाशित

laxmi  sunrise bank

कैलाश विकास बैंक Kailash Bikas Bank Limited  ले लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष २०७५÷७६ को वितरण योग्य मुनाफाबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 

जस अनुसार बैंकले १६ प्रतिशत बोनस शेयर र २.७७ प्रतिशत नगद गरी कुल १८.७७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले  १६ प्रतिशतले हुन आउने चालिस करोड तेत्तिस लाख एक हजार सात सय साठ्ठी बराबरको बोनस शेयर र २.७७ प्रतिशतले  हुन आउने  छ करोड अन्ठानब्बे लाख एक्काईस हजार छ सय बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  

बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ  । बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठका अनुसार कैलाशले प्रस्ताव गरेको यो लाभांस बिकास बैकहरु मध्ये सबैभन्दा धेरै हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved