नेपाल राष्ट्र बैंकबाट नेरुडे लघुवित्त Nerude Laghubitta Bittiya Sanstha Limited को लाभांश स्वीकृत भएको छ । राष्ट्र बैंकले मङ्सिर १० गते लाबहंश स्वीकृत गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र ५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । राष्ट्र बैंकबाट स्वीकृत भएसंगै कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।