विजय लघुवित्तको लाभांश परिमार्जन, बोनस बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2019 | 10:59:35 AM मा प्रकाशित

laxmi  sunrise bank

विजय लघुवित्त Vijaya Laghubitta Bittiya Sanstha Limited को लाभांश हेरफेर भएको छ । कम्पनीले यस अघि १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

तर कम्पनीको सोमबार बसेको संचालक समितिको बैठक लाभांश परिमार्जन गर्ने निर्णय गरेको हो । बैठकले अब १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो। कुल लाभांश २० प्रतिशत नै रहे पनि  कम्पनीले बोनस बढाएर र नगद घटाई नयाँ लाभांश दर प्रस्ताव गरेको हो । 

 कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी १९ करोड ४८ लाख १० हजार रहेको छ। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved