कृषि विकास बैंकको लाभांश घोषणा, बोनसको ४ गुणा नगद प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2019 | 10:35:19 AM मा प्रकाशित

laxmi  sunrise bank

कृषि विकास बैंक Agriculture Development Bank Limited  ले लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो 

जस अनुसार बैंकले हाल कायम साधारण चुक्ता पुंजीको ६ प्रतिशत बोनस शेयर र २४ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि समेत गरि ) कुल ३० प्रतिशत लाभांश घोषणा गरेको हो । त्यस्तै बैंकले नेपाल सरकारको फिर्ता नहुने अग्राधिकार शेयरमा ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ 

बैंकको उक्त प्रस्ताव नेपाल राष्ट बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved