प्रभु इन्स्योरेन्स Prabhu Insurance Company Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्षा ७५/७६ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले ५ प्रतिशत बोनस शेयर र ११.३२ प्रतिशत नगद (कर प्रयोजनको लागि समेत गरी ) कुल १६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव बिमा समितिले स्वीकृति गरेपछि र आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।