शांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited ले लाभांश घोषणा गरेको छ । बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट वितरण हुने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार बैंकले ८.९५९३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले ८.९५९३ प्रतिशतले हुन् आउने २३ करोड ३५ लाख ३७ हजार २ सय ९६ रुपैयाँ ९९ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।
हाल काम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड ६६ लाख रहेको छ ।