छ्याङदी हाइड्रोको लाभांश घोषणा, बोनस पश्चात हकप्रद प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2019 | 10:57:24 AM मा प्रकाशित

laxmi  sunrise bank

छ्याङदी हाइड्रोपावर Chhyangdi Hydropower Company Limited  ले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार साँझ बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले ५ प्रतिशतले हुन् आउने १ करोड ३५ लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशतले हुन् आउने ७ लाख १० ५ सय २६ रुपैयाँ ३२ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको उक्त प्रस्ताव आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी २७ करोड रहेको छ ।

त्यस्तै कम्पनीले बोनस शेयर वितरण पश्चात ३० प्रतिशतले हुन् आउने ८ करोड ५० लाख बराबरको हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि गरेको छ। 

कम्पनीले पुस २९ गते साधारणसभा आह्वान गरेको छ ।  सभा प्रयोजनको लागि कम्पनीले पुस १५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved