महिला सहयात्रा लघुवित्तको लाभांश संशोधन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 25, 2019 | 03:07:36 PM मा प्रकाशित

laxmi  sunrise bank

महिला सहयात्रा लघुवित्त Mahila Sahayatra Microfinance Bittiya Sanstha Limited ले लाभांश संशोधन गरेको छ । कम्पनीले यस अघि घोषणा गरेकोमा नगद लाभांश कम गरी नयाँ लाभांश दर प्रस्ताव गरेको हो । 

कम्पनीले यस अघि  आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट १० प्रतिशत बोनस र १० प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो  । तर कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले  १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ७.५ प्रतिशत नगद गरि कुल १७.५० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।

कम्पनीको नयाँ प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्तापुँजी १२ करोड १० लाख रहेको छ ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved