जनउत्थान सामुदायिक लघुवित्तको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2019 | 10:39:19 AM मा प्रकाशित

laxmi  sunrise bank

जनउत्थान सामुदायिक लघुवित्त Janautthan Samudayic Laghubitta Bikas Bank Limited  ले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट वितरण हुने लाभांश प्रत्सव गरेको हो 

जस अनुसार कम्पनीले ४५.८३ प्रतिशत बोनस शेयर र कर प्रोजनको लागि २.४१ प्रतिशत नगद गरी कुल  ४८.२४ प्रतिशत लाभांश घोषणा गरेको हो । तर कम्पनीले निष्काशन गरेको शतप्रतिशत हकप्रदले समेत यो बोनस पाउने भएकोले अन्तिम लाभांश दर २५ प्रतिशत बोनस शेयर र १.३२ प्रतिशत नगद हुने कम्पनीले जनाएको छ 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजी ६ करोड ३३ लाख ६० हजारको २५ प्रतिशत बोनस शेयर र १.३२ प्रतिशत नगद प्रस्ताव गरेको हो। उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved