बिजपाटी सम्बाददाता     Jan 17, 2020 | 03:43:48 PM


ruslan

सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited ले नगद लाभांश शेयरधनीको खातामा जम्मा गरेको छ । बैंकले हितग्राही खातामा बैंक खाता अध्यावधिक गराएका शेयरधनीहरुको खातामा लाभांश जम्मा गरेको हो । 

बैंकको १५ औँ वार्षिक साधारण सभाले पारित गरेको ८.९५९३ प्रतिशत नगद लाभांश शेयरधनीको खातामा जम्मा गरिएको जनाएको छ । बैंकले बुक क्लोजभन्दा अधिसम्मको नेप्सेमा कारोबार भई कायम शेयरधनीलाई लाभांश वितरण गरेको हो । बैंकले लाभांश प्राप्त नगरेका ग्राहकहरुलाई हितग्राही खातामा बैंक खाता अध्यावधिक गराउन भनेको छ । 

बैंकको शेयर रजिष्ट्रार एन आई बिल क्यापिटलमा रहेको हो । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7