मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2020 | 10:12:29 AM मा प्रकाशित

laxmi  sunrise bank

मितेरी डेभलपमेन्ट बैंक Miteri Development Bank Limited ले लाभांश घोषणा गरेको छ । बैंकको बुधबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले १८.५२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.९७५ प्रतिशत नगद गरी कुल १९.५० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुंजी ५८ करोड ५० लाख रहेको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved