शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2020 | 10:38:32 AM मा प्रकाशित

laxmi  sunrise bank

शाईन रेसुंगा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ ।  बैंकको शनिवार बिहान बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो 

जस अनुसार बैंकले १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले १५ प्रतिशतले हुन् आउने ३९ करोड ३४ लाख ३५ हजार ६ सय १८ रुपैयाँ १५ पैसा लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साथै बैंक मर्जमा गएकोले बैंकले कर प्रयोजनको लागि नगद लाभांश भने घोषणा गरेको छैन । 

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । 

हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब ६२ करोड २९ लाख रहेको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved