सेन्चुरी बैंकले साधारणसभा अगाडी नै २३ करोड ९८ लाख लाभांश बाड्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2020 | 11:51:33 AM मा प्रकाशित

laxmi  sunrise bank

सेन्चुरी बैंक Century Commercial Bank Limited  ले साधारणसभा नगरी अन्तरिक रुपमा केहि लाभांश वितरण गर्ने भएको छ । बैंकले कोरोना महामारीको कारण साधारणसभा गर्न नसकिएको र लगानीकर्ताको राहतको लागि केहि प्रतिशत लाभांश अन्तरिम रुपमा वितरण गर्न लागेको हो ।

बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट २ प्रतिशत बोनस र ४.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । तर बैंकले हाललाई ३ प्रतिशतले हुन् आउने रकम बाट कर कट्टा गरी २३ करोड ९८ लाख ४० हजार ९ सय ३९ रुपैया नगद लाभांश लगानीकर्तालाई वितरण गर्ने प्रस्ताव गरेको हो । फागुन ३० गतेसम्म कायम शेयरधनीलाई मात्र उक्त लाभांश वितरण गरिने बैंकले जनाएको छ । 

बाँकि रहेको लाभांश भने बैंकले साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved