वोमी लघुवित्तको बोनस शेयर स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2020 | 08:27:04 PM मा प्रकाशित

laxmi  sunrise bank

वोमी लघुवित्त Womi Microfinance Bittiya Sanstha Limited ले बोनस शेयर स्वीकृत गरेको छ । आठौँ वार्षिक साधारण सभाले २ करोड ५२ लाख ७२ हजार बोनस शेयर तथा कर प्रयोजनका लागि १३ लाख ३० हजार १ सय ५ रुपैया नगद लाभांश स्वीकृत गरेको हो ।

साधारण सभामा संस्थापक तथा सर्वसाधारण समुहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ६ जना सञ्चालकको निर्वाचनमा क्रमशः बिन्दिया प्रधान, बिमला उपाध्याय घिमिरे, किशोरी थापा, नरेन्द्र कुमार प्रसाई, कृष्णराज सिलवाल र शिव प्रसाद मिश्र निर्विरोध निर्वाचित भएका छन् । 

साधारण सभा सम्पन्न भए पश्चात बसेको सञ्चालक समितिको बैठकले बिन्दिया प्रधानलाई सञ्चालक समितिको अध्यक्षमा सर्बसम्मत चयन गरेको छ ।

वोमी लघुवित्त र नागरिक लघुवित्त मर्ज भए पश्चात बनेको वोमी लघुवित्तको एकिकृत वित्तीय कारोवार शुरु भए पश्चात हाल देशका ३८ जिल्लामा ६१ शाखा पुगेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved