लुम्बिनी विकास बैंकद्धारा लाभांश लिन आउन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2020 | 01:45:04 PM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी विकास Lumbini Bikas Bank Limited ले शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै साबिक विरगञ्ज फाइनान्स, एच एण्ड वि डेभलपमेण्ट बैंक र लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनीले विभिन्न आर्थिक वर्षमा घोषणा गरेको लाभांश रकम लिन आउन आग्रह गरेको हो । 

हालसम्म पनि लाभांश लिन नआएका शेयरधनीले सूचना जारी गरेको ३० दिन भित्र लुम्बिनी विकास बैंकको केन्द्रीय कार्यालयमा डिल्लीबजारमा आई लाभांश बुझ्न आग्रह गरेको छ । 

उक्त समयभित्र नआएमा प्रचलित कानून बमोजिम उल्लेखित लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा पठाउने पनि उक्त कम्पनीले बताएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved